२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्। अभियानको नेतृत्व कांग्रेस नेता गुरुराज घिमिरेलगायतका प्रतिनिधिहरूले गरेका हुन्।

पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा भएको आक्रमणको निन्दा गर्दै उनीहरूले विगतका गल्तीहरूप्रति आत्मसमिक्षा र क्षमा माग्दै पार्टीलाई सुधार गरेर भविष्यतर्फ लैजान विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्।

प्रतिनिधिहरूका अनुसार विशेष महाधिवेशन बोलाउने जिम्मेवारी केन्द्रीय समितिको भए पनि सो सम्भावना कम भएकाले प्रतिनिधिहरू नै अग्रसर भएर हस्ताक्षर संकलन थालेका हुन्।

पार्टीलाई हालको संकट र कमजोर अवस्थाबाट निकाल्दै समयसापेक्ष प्रभावकारी बनाउन आवश्यक रहेको भन्दै विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन प्रक्रियामा सहभागी हुन सबै प्रतिनिधिलाई आह्वान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय