
जेन–जी आन्दोलनका क्रममा कारागार र सुधारगृहबाट भागेका कैदीबन्दीमध्ये आठ हजारभन्दा बढी पुनः कारागार फर्किएका छन्।
कारागार व्यवस्थापन विभागका अनुसार भदौ २४ गते देशभरका २८ कारागार र नौ सुधारगृहबाट १४ हजार ५४९ कैदीबन्दी भागेका थिए। तीमध्ये हालसम्म ८ हजार ५४ जना फर्किएका छन्।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार फर्किएकामध्ये कारागारका ७ हजार ७१३ र सुधारगृहका ३४१ जना रहेका छन्। “कतिपय आफैं आए, कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइयो,” उनले भने।
तर अझै ६ हजार ४९४ जना कैदीबन्दी फरार छन्। तीमध्ये ५ हजार ८७२ जना कारागार र ६२२ जना सुधारगृहबाट भागेका हुन्। उनीहरूको खोजी अभियान जारी रहेको विभागले जनाएको छ।
उक्त घटनापछि १० कैदीबन्दीको मृत्यु भएको छ। कुल ३० हजार ६४६ कैदीबन्दीमध्ये हाल देशभरका कारागार र सुधारगृहमा २३ हजार ४४६ मात्र रहेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।