२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

जेन–जी आन्दोलनका क्रममा कारागार र सुधारगृहबाट भागेका कैदीबन्दीमध्ये आठ हजारभन्दा बढी पुनः कारागार फर्किएका छन्।

कारागार व्यवस्थापन विभागका अनुसार भदौ २४ गते देशभरका २८ कारागार र नौ सुधारगृहबाट १४ हजार ५४९ कैदीबन्दी भागेका थिए। तीमध्ये हालसम्म ८ हजार ५४ जना फर्किएका छन्।

भागेका १४ हजार पाँच सयमध्ये आठ हजार कैदीबन्दी कारागार फर्किए

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार फर्किएकामध्ये कारागारका ७ हजार ७१३ र सुधारगृहका ३४१ जना रहेका छन्। “कतिपय आफैं आए, कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइयो,” उनले भने।

तर अझै ६ हजार ४९४ जना कैदीबन्दी फरार छन्। तीमध्ये ५ हजार ८७२ जना कारागार र ६२२ जना सुधारगृहबाट भागेका हुन्। उनीहरूको खोजी अभियान जारी रहेको विभागले जनाएको छ।

उक्त घटनापछि १० कैदीबन्दीको मृत्यु भएको छ। कुल ३० हजार ६४६ कैदीबन्दीमध्ये हाल देशभरका कारागार र सुधारगृहमा २३ हजार ४४६ मात्र रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय