२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका सबै केन्द्रीय नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने योजना प्रस्तुत गरेका छन्। पार्टीको केन्द्रीय समितिको पछिल्लो बैठकमा उनले यस विषयलाई विशेष प्राथमिकताका साथ उठाएका छन्।यस प्रस्ताव अनुसार, माओवादी पार्टीका कार्यालय पदाधिकारीहरूमाझका सम्पत्ति विवरणहरू पार्टीको केन्द्रीय कार्यालयमा बुझाइनेछन् र सार्वजनिक गरिनेछन्। साथै ती नेताहरूले आफ्नो जिम्मेवारी ग्रहण गरेपछि एक महिनाभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्ने व्यवस्था हुनेछ भन्ने योजना प्रस्तावमा समावेश गरिएको छ।

केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा प्रस्तुत प्रस्तावहरूमाथि सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहको निष्कर्ष प्रस्तुत गर्दै यस्तो प्रस्ताव राखेका थिए ।

सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहका तर्फबाट हरि ज्ञवाली अखण्डले निष्कर्षहरू प्रस्तुत गरेका थिए । जसमा एउटा बुँदामा माओवादी नेताहरूको एकाघरको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव रहेको छ ।

जसमा भनिएको छ, ‘पार्टीका सबै नेताहरुको एकाघरको सम्पत्ति तथा पार्टीका सम्पत्ति छानबीनका लागि पूर्व महालेखा परीक्षक या स्वतन्त्र व्यक्तिहरुको सहभागितामा सम्पत्ति छानबीनको कार्यविधि तयार गरी आयोग गठन गर्ने ।’

जवाफमा प्रचण्डले माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय