२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

९ माघ २०८२, शुक्रवार

विशेष महाधिवेशनबाट सभापति चयन भएको ९ दिनमा गगन थापा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पदबहाली गरे। लगत्तै केन्द्रीय समिति बैठक बस्यो। उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सिंगो केन्द्रीय समितिले भावी प्रधानमन्त्री उम्मेदवारमा थापालाई अनुमोदन गरेको छ।

सर्वोच्चले अन्तरिम आदेश दिन नमानेपछि देउवा पक्षका तरूण दलले केन्द्रीय कार्यालय कुर्न छाडेका थिए र विशेष महाधिवेशनबाट कार्यसमिति केन्द्रीय कार्यालय जान सहज वातावरण बनेको थियो।

पार्टी कार्यालयमा सभापति थापाको कार्यकक्षमा पूर्वसभापतिहरूको लहरमा निवर्तमान सभापति शेरबहादुर देउवाको फोटो पनि राखिएको छ।

सभापति थापाले भुइँ तहमा बसेर काम गरेका पार्टीका कार्यकर्ताहरूलाई पनि सम्झेका थिए।

आफूहरू विशेष महाधिवेशनबाट आएको र विधिवत् रूपमा पार्टी कार्यालय प्रवेश गरेको उल्लेख गर्दै उनले आफूलाई उपसभापति विश्वप्रकाश शर्माले सभापतिको कुर्सीमा लगेर बसाएको पनि बताए।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय