२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

रुकुमबाट दाङतर्फ आउँदै गरेको गाडी सल्यानमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको ज्यान गएको छ।

आज बिहान लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट–३ चोरखोला क्षेत्रमा सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

सो दुर्घटनामा एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि दाङ ल्याइएको छ।

प्रहरीका अनुसार मृतक र घाइतेको नाम ठेगाना खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय