२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ टारीमा सोमबार बिहान फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

बुटवलबाट गुल्मीको पुर्कोट जाँदै गरेको लु १ ज ४७२४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब ३० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटकी १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएकी मदाने–६ की ३२ वर्षीया तारा सेन के.सीलाई ढाड र टाउकोमा चोट लागेकाले बुटवलतर्फ रिफर गरिएको छ। अन्य २० जना घाइतेहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख दिवस जिसीले जानकारी दिए।

गाडीमा चालकसहित २६ जना सवार थिए। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र गाडीमा ८ जना बालबालिका रहेको प्रहरीले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय