२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

वडादसैँ अर्थात् नवरात्रको आठौँ दिन आज दशैँ घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना भइरहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष चौथी तिथि वृद्धि भएकाले सप्तमीको पूजा आठौँ दिनमा परेको हो। धार्मिक विश्वासअनुसार कालले प्राणीलाई नष्ट गर्छ भने कालरात्रि देवीले त्यस काललाई पनि नष्ट गरिदिन्छिन्। पुराणहरूमा देवी कालरात्रिलाई कृष्णवर्णी, भयङ्कर आकृतिवाली, र प्राणीलाई नाश गर्ने शक्तिकी प्रतीकका रूपमा वर्णन गरिएको छ।

नवरात्रको पहिलो दिन घटस्थापनासँगै शैलपुत्री देवीको पूजा गरिएको थियो। त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता र कात्यायनी देवीहरूको पूजा सम्पन्न भइसकेको छ। आज सातौँ स्वरुप कालरात्रिको पूजा सम्पन्न भएपछि बाँकी दिन महागौरी र सिद्धिदात्री देवीको आराधना गरिनेछ।

नवरात्रमा घटस्थापनास्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका स्तोत्रको पाठ गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार यस अवधिमा विधिपूर्वक पूजा गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ।

यस्तै आजै अपराह्न फूलपाती भित्र्याउने वैदिक विधि छ। समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार फूलपाती भित्र्याउन साइत हेर्नुपर्ने छैन। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पूजा प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। यसरी कुल १५ दिनसम्म नेपालीहरूले बडादसैँ पर्व मनाउने गर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय