२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

आज आश्विन शुक्ल अष्टमीका दिन नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको देशभर पूजाआराधना भइरहेको छ।

वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष अष्टमीका दिन महागौरी देवीलाई विशेष विधिपूर्वक पूजा गरिन्छ। तर, यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्रको नवौँ दिन अष्टमीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

किंवदन्तीअनुसार भगवान् शिवले देवीलाई मजाकमा ‘ए काली’ भनेपछि महागौरीले कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकी थिइन्। त्यसपछि उनलाई महागौरी भनेर पुकार्न थालिएको हो। पुराणका अनुसार उनी सेतो वस्त्र धारण गरेकी, वृषभमाथि सवार र शान्त स्वरूपमा रहने देवीका रूपमा वर्णन गरिएको छ।

नवरात्रको पहिलो दिन घटस्थापनासँगै शैलपुत्री देवीको आह्वान गरी पूजा सुरु भएको थियो। त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रि देवीको पूजा सम्पन्न भइसकेको छ। आज आठौँ दिन महागौरी देवीको पूजा भइरहेको छ भने नवौँ दिन सिद्धिदात्री देवीको आराधना गरिनेछ।

यस अवसरमा देशभरका शक्तिपीठ र देवी मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ। काठमाडौं उपत्यकाभित्र मात्र नभई विभिन्न प्रदेशका शक्तिपीठमा पनि भक्तजनको घुइँचो बढेको छ। अष्टमी र नवमीका दिन विशेषत: दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत ग्रन्थको पाठ गरेर देवीको आराधना गर्ने धार्मिक चलन छ।

धार्मिक विश्वासअनुसार महागौरी देवीको पूजा आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मानिन्छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पूजाआराधनाबाट प्राप्त प्रसाद ग्रहण गर्ने परम्परा छ। यही आधारमा नेपालीहरूले बडादसैँलाई १५ दिनसम्म विशेष रौनकका साथ मनाउने गर्छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय