२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

अमेरिकाले ‘एच–१ बी’ भिसामा कडाइ गरेपछि विदेशी प्राविधिक प्रतिभा आकर्षित गर्न चीनले यसै साता सुरू गरेको नयाँ भिसा कार्यक्रमको चीनभित्रै विरोध हुन थालेको छ।हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१ बी भिसामा कर्मचारी ल्याउने रोजगारदाता कम्पनीले सरकारलाई १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने नियम लगाएका छन्।

अमेरिकाले विज्ञान, प्रविधि लगायत क्षेत्रका दक्ष विदेशी जनशक्ति भित्र्याउन एच–१बी भिसा प्रयोग गर्छ। ट्रम्पले सो भिसामा कडाइ गरेपछि संसारभरिका दक्ष जनशक्तिलाई अमेरिका जान मुस्किल हुनेछ। ती जनशक्ति आकर्षित गर्न चीनले नयाँ ‘के’ भिसा ल्याएको हो। विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका (स्टेम) युवा स्नातकहरू लक्षित यो भिसाले ती विषयमा भर्खरै पढाइ सकेका चिनियाँलाई काम पाउन समेत गाह्रो हुने चिन्ता बढेको छ।

संसारमा सबभन्दा धेरै इन्जिनियर उत्पादन गर्ने चीनमा दक्ष इन्जिनियरहरूको कमी छैन। केही अनलाइन टिप्पणीकर्ताहरूले करोडौं स्टेमका स्नातक उत्पादन गर्ने देशलाई विदेशी प्रतिभाको योजना किन चाहियो भनी प्रश्न उठाएका भनेर टाइम्सले लेखेको छ। यदि चीनसँग स्रोत छ भने किन आफ्नै प्रतिभाको कदर नगर्ने भनेर सोधेका छन्।

पछिल्लो समय चीनले विदेशी लगानी र यात्रु आकर्षित गर्न विभिन्न उपाय अपनाएको छ। विदेशी लगानीकर्ताका लागि थप क्षेत्रहरू खुला गरेको छ भने अधिकांश युरोपेली देश, जापान र दक्षिण कोरिया लगायत देशका नागरिकलाई भिसा छुटको सुविधा दिएको छ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय