२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

गृह मन्त्रालयको आदेशअनुसार हेटौँडाबाट काठमाडौं आउजाउ गर्ने सबै सडकखण्ड पूर्णरूपमा बन्द गरिएको छ।

मकवानपुर प्रहरीले रातमाटे, चौघडा र चौकीटोललगायत स्थानमा सवारीसाधन रोकेर आवतजावत रोकिएको जनाएको छ। लगातारको वर्षाका कारण जोखिम बढेपछि सडक बन्द गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा–काठमाडौँ आवतजावतका छोटो दूरीका मार्ग, कान्तिलोकपथ र त्रिभुवन राजपथबीच रहेका सवारीसाधनलाई भने गन्तव्यमा पुग्न कुनै अवरोध गरिएको छैन।

सडक अवरुद्ध भएपछि यात्रुहरू प्रभावित भएका छन् भने सम्बन्धित निकायले सुरक्षित विकल्प खोज्न आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय