२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

सरकारले देशभर भइरहेको अविरल वर्षाको प्रभावलाई ध्यानमा राख्दै आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालय स्रोतका अनुसार सरकारी कार्यालयहरू आइतबार खुल्ने तय भए पनि राजमार्गमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले दिएको चेतावनीलाई मध्यनजर गर्दै थप बिदा दिने निर्णय गरिएको हो।

यसैबीच, गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग सुरक्षा र विपद् व्यवस्थापनबारे छलफल गरिएको छ। उच्च जोखिम भएका बस्तीमा सुरक्षाकर्मीहरूलाई परिचालन गर्ने निर्णय भएको छ।

त्यस्तै, आकस्मिक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिने गृह मन्त्रालयले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय