
सरकारले देशभर भइरहेको अविरल वर्षाको प्रभावलाई ध्यानमा राख्दै आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालय स्रोतका अनुसार सरकारी कार्यालयहरू आइतबार खुल्ने तय भए पनि राजमार्गमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले दिएको चेतावनीलाई मध्यनजर गर्दै थप बिदा दिने निर्णय गरिएको हो।
यसैबीच, गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग सुरक्षा र विपद् व्यवस्थापनबारे छलफल गरिएको छ। उच्च जोखिम भएका बस्तीमा सुरक्षाकर्मीहरूलाई परिचालन गर्ने निर्णय भएको छ।
त्यस्तै, आकस्मिक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिने गृह मन्त्रालयले जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।