२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

लामो प्रतीक्षापछि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरिएको छ। देशभरको प्रतिकूल मौसम र हालको अवस्थालाई ध्यानमा राख्दै निर्माण टिमले नयाँ मिति तय गरेको हो।

असोज २४ गते रिलिज हुने घोषणा गरिएको यो बहुप्रतिक्षित चलचित्र अब कार्तिक २१ गते (नोभेम्बर ७) देखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ। निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत नयाँ मितिको जानकारी दिँदै दर्शकहरूलाई धैर्य र सहयोगका लागि धन्यवाद पनि दिएका छन्।

उनका अनुसार, “हामी चाहन्छौं दर्शकले सुरक्षित र सहज वातावरणमा ‘अभिमन्यु’ हेर्न सकून्। यही कारणले मिति सारिएको हो।” उनले थपे, “यो चलचित्र नेपाली मात्र होइन, विश्वभरका दर्शकको लागि पनि बनाइएको हो।”

‘अभिमन्यु : च्याप्टर १’ नेपालमा नेपाली र हिन्दी दुबै भाषामा एकैसाथ रिलिज हुनेछ। साथै भारत, अमेरिका, युरोप, अष्ट्रेलिया र मलेसियासहित दर्जनौं देशमा पनि सोही दिनदेखि प्रदर्शन सुरु हुने बताइएको छ। यसले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

सेभेन सिज सिनेमाको ब्यानरमा बनेको यो चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

चलचित्रको निर्देशन सुशान्त गौतमले गरेका हुन् भने क्रिएटिभ निर्देशकका रूपमा मदन थापा रहेका छन्। कथा मुकेश खनालले लेखेका हुन्।

निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माताका रूपमा छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्।

जीवन शाक्य लाइन प्रोड्युसर हुन् भने शरद महतोको सिनेमाटोग्राफी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय