२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

हालैको अविरल वर्षा र बाढीपहिरोले देशका मुख्य राजमार्गदेखि वैकल्पिक सडकसम्म ठूलो क्षति पुर्‍याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाले मात्र देशभरका सडक, पुल र बेलिब्रिजमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको अनुमान गरिएको छ ।

मन्त्रालयका प्रारम्भिक मूल्यांकनअनुसार यस वर्षको मनसुनजन्य विपद्बाट क्षति भएका मुख्य राजमार्ग, स्थायी पुल र वैकल्पिक सडकहरूको पुनर्निर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्नेछ । बाँकी १ अर्ब ७० करोड रुपैयाँ गत वर्षका अवशिष्ट पुनर्निर्माण काममा खर्च हुनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले सडक पुनःसञ्चालनलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिएका छन् । उनका अनुसार बाढीपहिरोले अवरुद्ध गरेका सडकमा अहिले निरन्तर रूपमा उपकरण र जनशक्ति परिचालन गरिएको छ । उनले थपे, “सडक पुनर्निर्माण र सञ्चालनमा कुनै ढिलाइ नहोस् भनेर मन्त्रालयले दैनिक अनुगमन गरिरहेको छ ।”

यस वर्ष सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ, जसको पुनर्निर्माणमा करिब डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । त्यस्तै, कोशी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट–मुग्लिङ र मध्यपहाडी राजमार्गहरूमा समेत ठूला भासिने र पुल भाँचिने घटनाले झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ बराबरको पुनर्निर्माण लागत देखिएको छ ।

सडकसँगै क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा मात्रै चार अर्ब ५२ करोड रुपैयाँ आवश्यक पर्नेछ । त्यस्तै, तत्काल सञ्चालनका लागि आवश्यक बेलिब्रिज निर्माण र मर्मतका लागि ८० करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने देखिएको छ । मन्त्रालयले अहिलेसम्मको क्षतिको प्रारम्भिक विवरण तयार पारिसकेको र अन्तिम मूल्यांकनपछि बजेट विनियोजनका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने तयारी भइरहेको जनाएको छ ।

स्थानीय स्तरका निकायहरू पनि सडक मर्मतमा जुटेका छन् । मेचीदेखि मध्यपहाडीसम्मका धेरै ठाउँमा अहिले ‘सिंगल लेन’ सञ्चालन गरेर आवागमन सुचारु गरिएको छ । तर, प्राविधिकहरूका अनुसार, दीर्घकालीन पुनर्निर्माणमा अझै केही महिना लाग्नेछ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय