२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

चितवन जिल्लामा जापानीज इन्सेफ्लाइटिस (जेआईई) का कारण मृत्यु हुनेको संख्या हालसम्म छ पुगेको छ। स्वास्थ्य अधिकारीका अनुसार साउनयता जिल्लाका विभिन्न नगरपालिकामा बिरामीको मृत्यु भएको हो।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिका क्षेत्रका रहेका छन्। पछिल्लो मृत्यु खैरहनी वडा नं ४ की एक महिलामा देखिएको हो।

जिल्लामा हालसम्म १७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १० महिला र ७ पुरुष रहेका छन्। उनीहरूमध्ये तीन जना १५ वर्ष मुनिका, पाँच जना १५–६० वर्षका, र नौ जना ६० वर्षमाथिका रहेका छन्। संक्रमितमध्ये १५ जनाले खोप नलगाएको देखिएको छ भने दुई जनाको खोप लगाएको अवस्था अस्पष्ट रहेको केसीले बताए।

मृत्यु भएका व्यक्तिमा एक जना ८९ वर्षका, अर्का एक जना ८१ वर्षका, दुई जना ७० वर्षका, एक जना ३९ वर्षका र एक जना ४२ वर्षका रहेका छन्।

यस रोगको कारण क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइ हो। यो लामखुट्टे घर बाहिर बस्न रुचाउँछ र साँझ–बिहान बढी सक्रिय हुन्छ। यसले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोक्दा मानिसमा पनि संक्रमण सार्न सक्छ। साथै, धानखेतीमा लामखुट्टे अण्डा पारेर लार्भा बनाउने र त्यसबाट संक्रमण फैलिने जोखिम उच्च रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्यका अधिकारीहरूले स्थानीयवासीलाई लामखुट्टेबाट जोगिन सफा पानी, घर वरिपरि पानी रोक्ने, लामखुट्टे प्रवेश रोक्ने जस्ता उपाय अपनाउन र खोप कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय