२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेन र सुदनविरुद्ध अर्को जाहेरी राजद्रोहको अनुसन्धानको माग | विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर यस वर्ष २.१ प्रतिशत सीमित हुने | रूस–युक्रेन युद्ध: नोभोरोनेझ आणविक केन्द्रमाथि ड्रोन आक्रमण प्रयास विफल | साउन यता जापानीज इन्सेफ्लाइटिस संक्रमणका कारण ६ जनाको मृत्यु, १७ जना संक्रमित | राष्ट्र बैंकले आज फेरि ११ दिनका लागि २० अर्ब झिक्दै | बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी | हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत | बाढीपहिरोले भत्काएका सडक पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च हुने अनुमान | अब पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जाँचबुझ आयोगको घेरामा | निर्वाचन सरकारको पहिलो प्राथमिकता : सञ्चारमन्त्री जगदीश खरेल |

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ संस्थापक सुदन गुरुङविरुद्ध नयाँ जाहेरी परेको छ। बुधबार युवराज पौडेल ‘सफल’ले हुलाकमार्फत जिल्ला प्रहरी परिसर काठमाडौंमा उक्त जाहेरी पेश गरेका हुन्। परिसर स्रोतका अनुसार जाहेरी अहिले प्रहरी परिसरमा पुगेको छ।

जाहेरीमा मुलुकी अपराध संहिता, २०७४ को दफा ५०(१) अन्तर्गत ‘राजद्रोह सम्बन्धी कसुर’मा अनुसन्धानको माग गरिएको छ। यसअघि मंगलबार मात्र नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडाल नेतृत्वको समूहले पनि बालेन र सुदनविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।

हाल दुवै जाहेरी दर्ता भइसकेका छैनन्। प्रहरीका अनुसार अनेरास्ववियुको टोलीलाई २४ घण्टाभित्र सरकारी वकिलसँग परामर्श गरेर निर्णय गरिने जानकारी दिइएको थियो।

युवराज सफलले आफूले पठाएको जाहेरी भोलिसम्म दर्ता हुने विश्वास व्यक्त गरेका छन्। प्रहरी स्रोतले दुवै जाहेरी जेन–जी आन्दोलनका घटनाको छानबिन गर्न गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको तीन सदस्यीय जाँचबुझ आयोगमा पठाउने तयारी गरेको पनि जनाएका छन्।

जाहेरीको प्रकृया पूरा भएपछि अनुसन्धानका लागि आवश्यक कारबाही अघि बढाइने प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। यससँगै बालेन र सुदनविरुद्धको कानुनी प्रक्रिया थप जटिल बन्दै गएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय