२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

राष्ट्रिय मानव अधिकार आयोगले हाल देखिएका अस्थिरता र हिंसात्मक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गर्दै नागरिकको ज्यान, सम्पत्ति र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न सरकारसँग जोडदार आग्रह गरेको छ ।

आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा जेन–जी आन्दोलनका क्रममा असोज २३ र २४ गतेका घटनामा देखिएका मानव अधिकार उल्लंघन र सम्पत्तिको क्षतिप्रति चिन्ता प्रकट गर्दै जिम्मेवार निकायहरूबाट प्रभावकारी कदम चाल्न माग गरेको छ । आयोगका अनुसार ती घटनाले सामाजिक सौहार्द, कानूनको शासन र नागरिक आस्थामाथि नकारात्मक प्रभाव पारेका छन् ।

आयोगले हिंसा, तोडफोड र घृणात्मक अभिव्यक्तिहरूले लोकतान्त्रिक अभ्यासमा क्षति पुर्‍याउने चेतावनी दिंदै राजनीतिक दलहरू, नागरिक समाज र सुरक्षासंस्थाहरूबीच समन्वय र संयमता आवश्यक रहेको बताएको छ । “शान्ति–सुरक्षाको आधार कानूनी शासन र आपसी सहकार्य हो,” विज्ञप्तिमा भनिएको छ, “राजनीतिक मतभेद समाधानको मार्ग संवाद र सहमतिको माध्यमबाट खोजिनुपर्छ।”

आयोगले सरकारलाई घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न, प्रभावित नागरिकलाई न्याय दिलाउन र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न ठोस नीति निर्माण गर्न पनि सिफारिस गरेको छ ।

त्यसैगरी, आयोगले सबै सरोकारवालासँग लोकतान्त्रिक मूल्य र मानव अधिकारको रक्षा गर्न सामूहिक प्रयास गर्न अपिल गर्दै, “नागरिकको सुरक्षा नै राष्ट्रको स्थायित्वको आधार हो,” भन्ने सन्देश दिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय