२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा कार्यरत नेपाली राजदूतहरूलाई नेपालको ताजा राजनीतिक परिवर्तन, स्थायित्व र आगामी निर्वाचनबारे स्पष्ट सन्देश विश्वसमक्ष पुर्‍याउन निर्देशन दिएकी छन्।

बुधबार साँझ परराष्ट्र मन्त्रालयमार्फत आयोजना गरिएको भर्चुअल बैठकमा प्रधानमन्त्रीले नेपालमा भएको परिवर्तनलाई अन्तर्राष्ट्रिय समुदायमाझ सकारात्मक रूपमा प्रस्तुत गर्न आग्रह गरिन्। उनले भनिन्, “नेपालले कठिन चुनौती पार गर्दै लोकतान्त्रिक बाटोमा ठूला उपलब्धि हासिल गरेको छ। अब यो उपलब्धिलाई सबैले बुझ्ने गरी प्रस्तुत गर्नु जरुरी छ।”

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार प्रधानमन्त्रीले राजदूतहरूलाई पाँच प्रमुख निर्देशन दिएकी छन्। पहिलो—नेपालमा हालै सम्पन्न परिवर्तनबारे सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी दिनु। दोस्रो निर्वाचन मिति तय भइसकेको अवस्थामा विदेशी सरकार र संस्थासँग समन्वय बलियो बनाउनु। तेस्रो जेन–जी आन्दोलनपछि पर्यटन क्षेत्र सुचारु भएको सन्देश प्रचार–प्रसार गर्न ध्यान दिनु।

चौथो विदेशमा रहेका नेपालीहरूलाई प्रविधिमैत्री र प्रभावकारी सेवा प्रवाह गर्न पहल गर्न आग्रह गरिएको छ। पाँचौं पुननिर्माण कोष र विकास योजनामा विश्वसनीय साझेदारीका लागि सहयोग र प्रचार–प्रसारमा जोड दिन भनिएको छ।

प्रधानमन्त्री कार्कीले नेपाली कूटनीतिक नियोगहरूलाई नेपालबारे विश्व समुदायमा “आशा र सम्भावनाको नयाँ कथा” सुनाउन आग्रह गर्दै भनिन्, “हाम्रो कूटनीति अब प्रतिक्रियात्मक होइन, सक्रिय र परिणाममुखी हुनुपर्छ।”

उनले विदेशमा रहेका राजदूतहरूलाई आगामी निर्वाचन, पुननिर्माण र आर्थिक पुनरुत्थानमा नेपाललाई सहयोगी वातावरण बनाउन सक्रिय भूमिका खेल्न पनि अनुरोध गरिन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार राजदूतहरूले पनि आफ्नो देशस्थित कूटनीतिक चुनौती र अवसरबारे बैठकमा धारणा राखेका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय