२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे अझैसम्म कुनै नयाँ जानकारी नआएको इसराइलस्थित नेपाली दूतावासले जनाएको छ।

इसराइलका लागि नेपालका राजदूत प्रा. डा. धनप्रसाद पण्डितका अनुसार हालसम्म इसराइली अधिकारीहरूबाट कुनै आधिकारिक सूचना प्राप्त भएको छैन। उनले भने, “विपिन जोशीबारे हालसम्म दूतावासमा कुनै नयाँ जानकारी आएको छैन। इसराइली पक्षले पनि केही आएको भए पहिलो जानकारी दूतावासलाई दिने बताएका छन्।”

राजदूत पण्डितका अनुसार विपिनको अवस्थाबारे विभिन्न मिडियामा आएका समाचारहरू पुष्टि नगरिएका हुन्। उनले भनिन्, “नेपालका मिडियामा आएका धेरै खबरहरू यहाँका आधिकारिक स्रोतसँग मेल खाँदैनन्, त्यसैले यथार्थ बुझ्न सावधानी अपनाउन आवश्यक छ।”

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इसराइल पुगेका विपिन जोशी २०८० असोज २० गते हमासको आक्रमणमा परेका थिए। सो घटनामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने केही घाइते भएका थिए।

विपिनको खोजी र रिहाइका लागि आमा पदमा र बहिनी पुष्पा जोशी निरन्तर प्रयासरत छन्। उनीहरू असोज ९ गते अमेरिकामार्फत इसराइल पुगेका थिए र त्यहाँको सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

हमासले केही समयअघि बन्धकहरूमध्ये ४८ जनाको फोटो सार्वजनिक गरेको थियो, जसमा विपिन जोशी पनि रहेको अनुमान गरिएको थियो। तर त्यसबारे इसराइली सरकारले आधिकारिक पुष्टि नगरेको राजदूत पण्डितले स्पष्ट पारेका छन्।

उनका अनुसार दूतावासले इसराइली पक्षसँग निरन्तर सम्पर्कमा रही विपिन जोशीको अवस्थाबारे अद्यावधिक जानकारी लिने प्रयास जारी राखेको छ। “नेपाल सरकार र दूतावास दुवै स्तरबाट प्रयास भइरहेको छ, हामी कुनै पनि सूचना प्राप्त हुनासाथ सार्वजनिक गर्नेछौं,” राजदूत पण्डितले भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय