२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई परिवर्तन आत्मसाथ गर्दै अगाडि बढ्न आग्रह गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा बोल्दै उनले दलहरूको सहभातिविना निष्पक्ष निर्वाचन सम्भव नहुने प्रष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा व्यक्त असन्तुष्टि बुझेर सबै पक्षले सकारात्मक दृष्टिकोण अपनाउनुपर्ने बताए। उनले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सरकारले शान्ति–सुरक्षाको समुचित व्यवस्था गर्ने आश्वासन पनि दिइन्।

बैठकमा सहभागी एमाले र कांग्रेसका नेताहरूले भने निर्वाचन अघि सुरक्षा चुनौती र व्यवस्थापनबारे प्रश्न उठाए। उनीहरूले भदौ २४ गते लुटिएका प्रहरी हतियार र जेलबाट भागेका कैदी–बन्दीलाई बाहिर राखेर निर्वाचन कसरी सम्भव हुने भन्ने विषयमा सरकारलाई स्पष्ट जवाफ मागे।

प्रधानमन्त्री कार्कीले यी सबै विषयलाई सम्बोधन गर्दै दलहरूलाई संयमित, संवेदनशील र लोकतान्त्रिक दृष्टिकोण अपनाएर निर्वाचनतर्फ अघि बढ्न जोड दिइन्। बैठकमा अन्तरिम सरकारका सबै मन्त्री पनि सहभागी थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय