२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

जेनजी आन्दोलनका क्रममा घाइते भएका युवा सहभागीहरू बिहान ९ बजे सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने प्रयास गर्दा सफल हुन सकेनन्।

जेनजी घाइतेहरूले पाँच बुँदे माग लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। तर प्रधानमन्त्री कार्की आफ्नो व्यस्तताका कारण बालुवाटारबाट बाहिर ननिस्किएकाले उनीहरूलाई भेट्न पाइनन्। यसकारण जेनजी घाइतेहरू आक्रोशित भएका छन्। उनीहरूले भदौ २३ र २४ गतेको गोली प्रहार सम्बन्धी तत्काल न्यायिक कारबाहीको मागसमेत दोहोर्याएका छन्।

घाइतेहरूले पाँच बुँदे मागमा संवैधानिक सुधार र जनमत संग्रह, जेनजी आन्दोलनको संरक्षण र कानुनी सुरक्षा, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सम्पत्ति छानबिन, संवैधानिक अंगमा स्वच्छ नियुक्ति र विदेशी हस्तक्षेप रोक्नुपर्ने कुरा समावेश रहेको बताएका छन्। साथै उनीहरूले आफ्ना माग पाँच दिनभित्र पूरा हुनुपर्ने अल्टिमेटम पनि दिएका छन्।

प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रधानमन्त्री आइतबार बालुवाटारबाटै काममा व्यस्त रहेको र भेटका लागि समय नभएको जानकारी दिएका छन्। जेनजी आन्दोलनका क्रममा घाइते भएका दर्जन बढी युवामध्ये केहीको उपचार अझै जारी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय