२०८२ चैत्र २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन |

प्रधानमन्त्री सुशीला कार्कीले कुनै भ्रममा नपरी निराशा अन्त्य गर्दै नयाँ र समृद्ध नेपाल निर्माणको अभियानमा एकजुट हुन सबै नेपालीलाई आग्रह गरेकी छन्।

तिहार, म्हं पूजा, नेपाल संवत् ११४६ र छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देशको वर्तमान चुनौतीलाई पार गर्दै शान्ति, सुशासन र समृद्धिको लक्ष्यतर्फ अघि बढ्ने समय आएको बताइन्।

प्रधानमन्त्री कार्कीले सन्देशमा भनिन्, “हामी नेपालीहरू कठिन परिस्थितिमा पनि एकताबद्ध भएर अघि बढ्ने परम्परासहितका छौं। अब भ्रम, निराशा र अन्धकारलाई अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणमा सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।”

उनले छ महिनाभित्र स्थिर सरकार निर्माण र आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याइन्। प्रधानमन्त्रीले राजनीतिक संवाद, स्थायित्व र सुशासनलाई सरकारको मुख्य प्राथमिकता भएको बताइन्।

सन्देशमा भनिएको छ, “भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने, जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्ने र सुशासन स्थापनाका लागि ठोस परिणाम देखाउने हाम्रो जिम्मेवारी हो।”

प्रधानमन्त्री कार्कीले भदौको जेनजी आन्दोलनले देशमा नयाँ चेतना जगाएको बताउँदै त्यस आन्दोलनले जनताले सरकारसँग गरेको विश्वास र अपेक्षालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।

उनले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्गमा अघि बढ्दै जेनजी पुस्ताको चाहना अनुसार सुशासन र विकासको आधार तयार भएको बताइन्।

दीपावली र अन्य पर्वको सन्दर्भमा उनले अन्धकारमाथि उज्यालो, निराशामाथि आशा र अन्यायमाथि न्यायको विजयका रूपमा यी पर्वहरूले नयाँ उत्साह र विश्वास जगाउने सन्देश दिनुपर्ने बताइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय