२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

चालु आर्थिक वर्षका लागि सरकारको मल व्यवस्थापन योजना अन्तर्गत चार लाख ७१ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल आयातका लागि बोलपत्र आह्वान गरिएको छ । कुल छ लाख मेट्रिक टन मल आयात गर्ने लक्ष्यमध्ये अधिकांश भागका लागि प्रक्रिया सुरु भइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषकलाई सहज रूपमा मल उपलब्ध गराउने उद्देश्यसहित सरकारले यस वर्षका लागि करिब २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयका अनुसार हाल एक लाख ९४ हजार मेट्रिक टन मल आपूर्तिको चरणमा पुगेको छ । त्यसमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन दुवै संस्थाको सहभागिता छ ।

कृषि सामग्री कम्पनीले यूरिया र डिएपीसहित एक लाख १५ हजार मेट्रिक टन मल आपूर्ति गरेको छ भने साल्ट ट्रेडिङले करिब ७९ हजार मेट्रिक टन बराबरको मल वितरण गरेको छ । यस्तै, देशभरका गोदाममा हाल एक लाख आठ हजार मेट्रिक टनभन्दा बढी मल मौज्दात रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हिउँदे खेतीका लागि पर्याप्त मात्रामा मल मौज्दात रहेको र वितरण प्रक्रिया सहज रूपमा अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ । साउनदेखि असोज मसान्तसम्म मात्रै करिब एक लाख ३३ हजार मेट्रिक टन मल बिक्री भइसकेको र बाँकी मल किसानका आवश्यकताअनुसार आपूर्ति गर्न तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय