२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाल विद्युत् प्राधिकरणले वर्षौँदेखि डेडिकेटेड र ट्रङ्क लाइनमार्फत बिजुली उपभोग गरी प्रिमियम महसुल नतिरेका ठूला उद्योगहरूविरुद्ध कडा कदम चाल्दै लाइन काट्ने प्रक्रिया सुरु गरेको छ।

मङ्गलबार बिहानदेखि प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको बिजुली लाइन काटेको छ। यी उद्योगहरूले लोडसेडिङको समयमा प्रिमियम सुविधासहित बिजुली प्रयोग गरे पनि महसुल तिरेका थिएनन्।

प्राधिकरणका अनुसार जगदम्बा स्टीलमाथि एक अर्ब ६० करोड, रिलायन्स स्पिनिङमाथि ७५ करोड ३७ लाख, शिवम् सिमेन्टमाथि ७७ करोड ८८ लाख, घोराही सिमेन्टमाथि ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टमाथि ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङमाथि ३२ करोड १० लाख रुपैयाँ बक्यौता रहेको छ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापतको थप महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार तिहारको सार्वजनिक बिदामा पनि बक्यौता बुझाउन काउन्टर सञ्चालन गरिएको छ। उनले भने, “उद्योगहरूले किस्ताबन्दीको सुविधा लिएर पहिलो किस्ता बुझाएमा काटिएको लाइन जुनसुकै समयमा पनि पुनः जडान गर्न सकिन्छ।”

प्राधिकरणको यो कदमलाई राजस्व असुलीमा कडाइको संकेतका रूपमा हेरिएको छ, जसले लामो समयदेखि बक्यौता तिर्न ढिलाइ गर्दै आएका ठूला उद्योगहरूमा दबाब सिर्जना गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय