२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

मधेस प्रदेश सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् कार्तिक ११ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै बिदाको जानकारी गराएको हो।

मन्त्रालयका उपसचिव गणेश नायकद्वारा जारी सूचनामा भनिएको छ, “मधेस प्रदेश सरकारले २०८१ साल चैत्र २२ गते प्रकाशित राजपत्रअनुसार थप बिदा सम्बन्धी व्यवस्था अनुरूप छठ पर्वको अवसरमा कार्तिक ११ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको छ।”

नेपाल सरकारले यसअघि नै छठ पर्वको मुख्य दिन कार्तिक १० गतेका लागि देशव्यापी सार्वजनिक बिदा घोषणा गरिसकेको छ। मधेस प्रदेशले त्यसको भोलिपल्ट पनि बिदा थप गर्दै धार्मिक र सांस्कृतिक उत्सवमा सहभागिताका लागि सहजता मिलाउने उद्देश्य राखेको बताइएको छ।

छठ पर्व विशेष गरी मधेस प्रदेशमा अत्यधिक उल्लासका साथ मनाइने प्रमुख सांस्कृतिक पर्व हो। चार दिनसम्म चल्ने यो पर्वमा सूर्यदेवको आराधना, अस्त र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहिआएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय