२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

अमेरिकी राजनीतिक इतिहासमा   ३४ वर्षीय मुस्लिम आप्रवासी जोहरान न्युयोर्क सिटीको मेयर बने। विश्वकै आर्थिक राजधानीको प्रशासनिक शक्तिसँगै यो पद अमेरिकी राष्ट्रपति पछिको दोस्रो सबभन्दा प्रभावशाली कार्यकारी मानिन्छ।

साधारण जीवनशैली र दैनिक संघर्ष झेल्दै आएका जोहरानले ‘सबैले धान्न सक्ने न्युयोर्क’को नारासहित चुनावी अभियान थाले। ८५ लाख जनसंख्या भएको शहरमा करिब १२–१४ लाख मानिस खाद्य असुरक्षामा छन्। न्यूनतम पारिश्रमिकमा काम गर्ने श्रमिक, आप्रवासी समुदाय, र भाषागत तथा दक्षताका सीमितताका कारण बेरोजगारीको मार झेलिरहेका जनतालाई जोहरानले आफ्नो प्राथमिकता बनाएका थिए।

जोहरानको अभियानमा नेपाली स्वयंसेवकहरू समेत सक्रिय थिए। प्राथमिक निर्वाचनमा करिब ५० हजार स्वयंसेवक, र आम निर्वाचनमा ९० हजारभन्दा बढी स्वयंसेवक परिचालन भई ‘डोर नकिङ’, ‘फोन ब्याङ्किङ’, र पोस्टर अभियानमा जुटेका थिए। यस अभियानमा नेपाली समुदायका प्रमुख नामहरू आदित सिवाकोटी र गीता अधिकारी थिए।

ग्रासरुट अर्गनाइजिङको बलमा जोहरानले चुनाव जिते। उनले धनी र ठूला कम्पनीका चन्दा ठाडै अस्वीकार गरे। गरीब वर्गका सानो योगदान स्वीकार्दै पनि उनको अभियान ऐतिहासिक बनेको थियो। न्यूनतम पारिश्रमिक बढाउने र शहरलाई सबैका लागि किफायती बनाउने नीति उनको मुख्य एजेन्डा थियो।

जोहरानको जीतले अमेरिकी राजनीतिमा पुँजीवादी प्रभावलाई चुनौती दिएको छ। अरबपति र परम्परागत राजनीतिक संरचनामा परिवर्तन ल्याउने उनको अभियानले विशेषगरी युवाहरू र आप्रवासी समुदायमा नयाँ आशा जगाएको छ। अन्तर्राष्ट्रिय मिडियाले यसलाई ‘क्यापिटलिज्म बनाम कम्युनिटी’को लडाइँको रूपमा विश्लेषण गरेका छन्।

यो सफलता केवल न्युयोर्क सिटीको मेयरको चुनाव होइन, जनस्तरबाट उठेको राजनीतिक विद्रोह हो, जसले श्रमजीवी र अल्पसंख्यक समुदायको आवाजलाई शक्तिशाली बनाएको छ। सडकदेखि सिटी हलसम्म, जोहरानले आफ्नो निष्ठापूर्ण राजनीतिका माध्यमबाट परिवर्तनको संकेत दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय