२० कात्तिक २०८२ ,
जेनजी आन्दोलनमा भएको दमनबारे छानविन गर्न गठित आयोगले कारागारमा रहेका रास्वपा नेता रवि लामिछानेसँग बिहीबार बयान लिएको छ । तर, आयोगले आन्दोलनका बेला सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग भने अहिलेसम्म सोधपुछ गरेको छैन ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको मुख्य काम भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको दमनको छानविन गर्नु हो । साथै, उक्त समयमा भएको विध्वंशको समेत छानविन गरेर सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश आयोगको रहेको छ ।

सौजन्य : कारागार बिभाग , ललितपुर
उता जेनजी आन्दोलनकारीहरुले भने भदौ २३ को गोलीकाण्डबारे केपी ओली र रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिनुपर्ने माग राख्दै आएका छन् । यस्तो अवस्थामा कारागारमा रहेका रवि लामिछानेलाई बोलाएर बयान लिएको जाँचबुझ आयोगले अहिलेसम्म ओलीलाई बयानमा बोलाएको छैन ।
