२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

सरकारले देशभरका सार्वजनिक स्थलमा निःशुल्क वाइफाई सेवा विस्तारको अभियानलाई तीव्र बनाएको छ। सूचना प्रविधिमा पहुँच सबैका लागि भन्ने लक्ष्यसहित काठमाडौँका प्रमुख स्थानदेखि दुर्गम गाउँसम्म वाइफाई विस्तार कार्य अघि बढाइएको हो।

हाल नयाँ बसपार्क, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, पशुपति आर्यघाट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क वाइफाई सञ्चालनमा छ। यससँगै राजधानीका १९ सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध छ। सरकारले अब सोलुखुम्बु, रौतहट, गुल्मी, जुम्ला, बैतडी लगायतका जिल्लामा पनि वाइफाई विस्तार गर्ने तयारी गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल टेलिकम, एनसेल, वर्ल्डलिङ्क र भयानेट कम्पनीले यो अभियानमा सहकार्य गरेका छन्। प्राधिकरणका अनुसार वीर अस्पताल, प्रसूति गृह, गङ्गालाल हृदय केन्द्र, ट्रमा सेन्टर लगायतका अस्पतालमा ब्यान्डविथ बढाएर १५० एमबिपिएस पुर्‍याइएको छ र प्रति डिभाइस प्रयोग सीमा ५०० एमबी गरिएको छ।

नेपाल टेलिकमले ३५ विमानस्थलमा पनि निःशुल्क वाइफाई सेवा सुरु गर्ने योजना अघि बढाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा राजधानीका ठूला अस्पताल र सार्वजनिक स्थलमा मर्मत, स्तरोन्नति र नयाँ जडानको काम भइरहेको छ।

हाल भक्तपुर क्यान्सर अस्पतालमा ६ र कीर्तिपुर अस्पतालमा ५ एक्सेस प्वाइन्टमार्फत वाइफाई सञ्चालनमा आएको छ। मन्त्रालयले उपत्यकाबाहिरका १० सहरमा समेत सेवा विस्तार गर्ने योजना अघि बढाएको छ।

हाल नेपालमा ५८ वटा ब्रोडब्यान्ड इन्टरनेट प्रदायक छन्। अधिकांशले ‘फाइबर टु दी होम’ प्रविधि प्रयोग गर्छन्। विशेषज्ञहरूका अनुसार इन्टरनेट आज सूचना, शिक्षा, स्वास्थ्य र मनोरञ्जनका क्षेत्रमा अनिवार्य आवश्यकता बनेको छ। सरकारले यो सेवालाई निःशुल्क विस्तार गर्न सकेमा डिजिटल पहुँच सबैका लागि सम्भव हुने विश्वास व्यक्त गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय