जनार्दन शर्मा, प्रगतिशील अभियानका नेता एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भुसाल र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच आज बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासमै भेटवार्ता भएको छ।
भेटवार्तामा तीनै नेताले कात्तिक १९ गते भएको माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० वामपन्थी घटकबीचको एकता प्रक्रियाप्रति आफ्ना असन्तुष्ट विचारहरू व्यक्त गरेका छन्।
साथै, एमाले र नव गठित नेकपासँग असन्तुष्ट वामपन्थी नेताहरूबीच छुट्टै ध्रुवीकरणको सम्भावना र आगामी रणनीति समेत छलफलको मुख्य विषय भएको जनाइएको छ।
तीन नेताबीचको भेटवार्ताले वामपन्थी आन्दोलनमा नयाँ गठबन्धन र रणनीतिक समन्वयका संकेतहरू दिने अपेक्षा गरिएको छ।
