२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले आफ्नो राजनीतिक यात्रामा भएका गल्ती र स्वार्थप्रेरित निर्णयलाई खुलेर स्वीकार गरेका छन्। उनले अब इमान्दारीका साथ नयाँ अभियानमार्फत जनतासँगको सम्बन्ध पुनः निर्माण गर्ने संकल्प व्यक्त गरेका छन्।

मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “हामी सबै कुनै न कुनै रुपमा स्वार्थकेन्द्रित शासन प्रवृत्तिको भाग भएका छौँ। मतदाता र कार्यकर्ताको भावना दुरुपयोग गर्नमा हाम्रो पनि भूमिका रह्यो। त्यसका लागि म क्षमा माग्छु र कमजोरी स्वीकार गर्छु।”

शर्माले अब इमान्दारीका साथ नयाँ राजनीतिक यात्रा सुरु गर्ने घोषणा गर्दै जनताको विश्वास पुनः जित्ने प्रतिवद्धता जनाए। उनले थपे, “हामी शहीद र वेपत्ताका सपनाहरू पूरा गर्न तयार छौँ। उनीहरूको परिवार र घाइते योद्धाहरूका अपेक्षा पूरा गर्न अब कुनै समझौता हुनेछैन।”

उनले देशको राजनीतिक अस्थिरता अन्त्य गर्न वामपन्थी एकताको प्रयास ऐतिहासिक थियो भन्दै त्यसबेला गरेको हस्ताक्षरको अर्थ अहिलेको राजनीतिक घटनाक्रमसँग नजोड्न आग्रह गरे।

“नेकपा निर्माणका बेला मैले हस्ताक्षर गरेको थिएँ, किनभने त्यसले देशको अस्थिरता अन्त्य गर्ने सम्भावना बोकेको थियो,” शर्माले स्पष्ट पारे, “तर आजको चुनौती फरक छ  अब हामी नयाँ दृष्टिकोणबाट जनताको भरोसा पुनः जगाउन चाहन्छौँ।”

उनको यो आत्मस्वीकारोक्ति र नयाँ अभियानको घोषणा माओवादी केन्द्रभित्रै मात्र होइन, समग्र राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय