२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीले विगतका कमजोरी स्वीकार गरेर जनतासँग माफी माग्ने र अहिलेको राजनीतिक संकट समाधानमा पुनः अग्रणी भूमिका लिन सक्ने गरी निर्णय गर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आफूलाई लक्षित आलोचना र टिप्पणीलाई सम्मानपूर्वक ग्रहण गर्ने उल्लेख गरे।

खड्काले पार्टीभित्र निर्णयमा ढिलाइ देखिनुका कारण तत्कालीन प्रतिकूल परिस्थिति भएको बताए। उनका अनुसार हतारमा निर्णय गरेर पछुताउनुुभन्दा पार्टीलाई एकताबद्ध राख्दै सही समयको प्रतीक्षा गर्नु कांग्रेसको जिम्मेवारी हो।

उनले लेखे, “मेरो बारेमा जसरी टिप्पणी भएको छ, सबैप्रति सम्मान छ। यिनै टिप्पणीहरू नै मेरो मार्गदर्शन र शक्ति हुन्।” उनले विगतका गल्ती–कमजोरी स्वीकार गर्दै जनता सामु माफी माग्न तयार रहेको जनाउँदै कांग्रेसले फेरि एक पटक ‘समाधानको नेतृत्व गर्न सक्ने अवस्थाका लागि उपयुक्त निर्णय’ हुने विश्वास व्यक्त गरे।

खड्काले सबै पार्टी पंक्तिलाई अहिलेको संवेदनशील क्षण बुझेर एकताबद्ध भई धैर्य राख्न अनुरोध पनि गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय