२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मंगलबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगले पार्टीको चुनाव चिह्न ‘गुलाब’ तोकेको छ।

दल दर्ता प्रमाणपत्र पाएपछि पत्रकारहरूसँगको संक्षिप्त प्रतिक्रिया दिँदै विप्लवले भने, “नेपाल कम्युनिस्ट पार्टी माओवादी नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ निर्वाचनमा भाग लिन तयार छ।”

उनले आफ्नो पार्टी भोलिबाटै देशभर नयाँ अभियान सुरु गर्ने योजना रहेको जानकारी दिएका छन्। संचारकर्मीले ‘चुनाव हुन्छ कि?’ भनी सोध्दा उनले भने, “चुनाव एक दिन त हुन्छ नै। समाजवाद आए पनि चुनाव हुन्छ नै।”

विप्लवले राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकारको सन्दर्भमा पनि आफ्नो पार्टीको दृष्टिकोण व्यक्त गर्दै भने कि यस्तो अवस्थामा सबै दललाई चुनावमा सहभागी गराएर नयाँ व्यवस्था निर्माण गर्न सकिने सम्भावना रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय