फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको छ। आयोगले आइतबार पत्रकार सम्मेलन गर्दै दर्ता प्रक्रिया र हालको स्थिति सार्वजनिक गरेको हो।
दर्ताका क्रममा रहेका २८ दलका लागि कानुनअनुसार कागजात माग्ने र सनाखत गर्ने प्रक्रिया अघि बढाइरहेको आयोगले जानकारी दिएको छ। यसैक्रममा सात वटा दल खारेज भएको पनि आयोगले जनाएको छ।
निर्वाचन आयोगले दल दर्ताका लागि समय तोकेको अन्तिम दिन आज रहेको हुँदा इच्छुक दलहरूले आजसम्म आफ्नो दर्ता प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
