नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ। रंगशाला परिसरमा प्रहरीले, ट्राफिक, सशस्त्र र क्यानले व्यवस्था गरेका जनशक्तीसहित एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
सुरक्षाको समन्वय गरिरहेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार नेपाल प्रहरीले मात्र एक हजार २२३ सुरक्षाकर्मी मैदान वरपर तैनाथ गरेको छ। बाँकी संख्या ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र क्यानले जुटाएका सुरक्षाकर्मीले पूरा गरेका छन्।
यसपटक दर्शक भीडलाई व्यवस्थित गर्न रंगशालामा तीनवटा ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ। गत वर्षजस्तो एकै ठाउँमा भीड थुप्रिने अवस्था नरहने भट्टराईको भनाइ छ। बढ्दो क्रिकेट क्रेजलाई मध्यनजर गर्दै रंगशालाको विभिन्न स्थानमा नयाँ संरचना र मार्ग व्यवस्थापन पनि सुधारिएको छ।
४२ वटा सिसिटिभी क्यामेराबाट चौबिसै घण्टा निगरानी गरिँदै छ भने ड्रोनमार्फत पनि माथिबाट सुरक्षा अनुगमन भइरहेको छ। टिकट वा पास बिना प्रवेश रोक्न बाहिरी पर्खालमा काँडेतारसम्म राखिएको छ।
रोजगारी, जाँच यन्त्र, तालिमप्राप्त कुकुरसहित दैनिक खेलअघि विस्तृत सुरक्षा जाँच गरिने उपरीक्षक भट्टराईले बताए। त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागतर्फ जाने सवारीहरू यही मार्ग प्रयोग गर्ने भएकाले ट्राफिक व्यवस्थापन ठूलो चुनौती भएको पनि प्रहरीले उल्लेख गरेको छ।
खेलाडीहरूका आवतजावतलाई सुरक्षित बनाउन टोलीलाई छुट्टै सुरक्षाकर्मी तैनाथ गरिएको छ।
