२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ। लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन जोड्यो।

चितवनका लागि रवि बोपराले उत्कृष्ट प्रदर्शन गर्दै ६६ रनको धमाका गरे। कप्तान कुशल मल्लले २१ रन जोडे भने सैफ जैब १५ रनमा सीमित रहे। देव खनालले १४ तथा दीपक बोहोराले १० रन योगदान दिए। तर अन्य ब्याटर दोहोरो अंक छुन नसक्दा चितवन ठूलो स्कोर बनाउन चुक्यो। बलिङतर्फ लुम्बिनीका रुबेल ट्रम्पलम्यान चम्किए। उनले ३ विकेट लिए। अभिषेक गौतम र गुलबदिन नैब दुवैले २–२ विकेट झारे।

अब लुम्बिनी लायन्सलाई जितका लागि १४३ रन बनाउनु पर्नेमा हाल जारी खेलमा  ४ ओभरमा  १ विकेट गुमाउदै ३९ रन बनाएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय