२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्नो गाडीमा छ्यापिएको रातो मसीको घटनापछि सरकार र उसका समर्थकप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। युवा संघको कोशी जागरण सभामा सहभागी हुन सुनसरी जाँदै गर्दा दुई युवाले बेलुनमा राखिएको रातो मसी गाडीमा प्रहार गरेका थिए।

घटनापछि बस्नेतले यस्तो व्यवहारलाई लोकतान्त्रिक मूल्य मान्यतामाथिको प्रहार भन्दै कठोर टिप्पणी गरे। “सरकार नै अलोकतान्त्रिक भएकोले उसले संरक्षण गरेका मानिसहरू पनि त्यही शैलीमा हिँडिरहेका छन्,” उनले भने, “यसरी मसी छ्यापेर विरोध जनाउने संस्कारले लोकतन्त्रलाई नै ठेस पुर्‍याउँछ।”

बस्नेतले विचार भिन्नता स्वाभाविक भए पनि प्रस्तुत गर्ने शैली सभ्य र शान्तिपूर्ण हुनुपर्ने आवश्यकता दोहोर्याए। उनका अनुसार विरोध जनाउने तरिकामा छलफल, नारा, कार्यक्रमजस्ता उपाय उपयुक्त हुन्छन्, तर बाटो छेक्ने वा आक्रमण गर्ने शैली स्वीकार्य छैन।

गत भदौ २३–२४ को आन्दोलनपछि ‘जेन–जी’ समूहको विरोधमा कडा आवाज उठाइरहेका बस्नेतले राजनीतिक इतिहास स्मरण गर्दै अहिले देखिएका गतिविधिलाई ‘अपरिपक्व’ को रूपमा व्याख्या गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय