२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

नेपालमा भदौ २४ आसपास भएका ‘जेन–जेड’ प्रदर्शनबारे अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्युमन राइट्स वाच (HRW) ले गम्भीर निष्कर्षसहित रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टले सुरक्षा निकायले आन्दोलन नियन्त्रणका नाममा कानूनले नदिएको बल प्रयोग गरेको आरोप लगाउँदै त्यसबारे तत्काल र स्वच्छ छानबिनको माग गरेको छ।

दुई दिनसम्म चलेको झडपको समीक्षा गर्दै कम्तीमा दुई दर्जनभन्दा बढी युवाको मृत्यु, सयौँ घाइते र सरकारी तथा निजी सम्पत्तिमा व्यापक क्षति भएको उल्लेख गरेको छ। भिडियो प्रमाण, प्रत्यक्षदर्शी बयान र तथ्य विश्लेषणका आधारमा संस्थाले प्रहरी संयन्त्रले आवश्यकभन्दा बढी बल प्रयोग गरेको दाबी गरेको हो।

रिपोर्ट अनुसार,
– निहत्था प्रदर्शनकारीमाथि नजिकैबाट गोली प्रहार भएको,
– रबर बुलेटदेखि वास्तविक गोली र अत्यधिक अश्रुग्यास प्रयोग भएको,
– घाइतेलाई उपचारमा अवरोध पुर्‍याइएको,
– मेडिकल टोलीलाई समेत रोकेकाले मृत्यु संख्या बढेको उल्लेख छ।

ह्युमन राइट्स वाचले आन्दोलनमा सहभागी अधिकांश युवा सुशासन र जवाफदेहिता माग्दै स्वतःस्फूर्त रूपमा सडकमा निस्केपनि, हिंसा फैलाउन केही समूहले योजनाबद्ध रूपमा लुटपाट, आगजनी र तोडफोड गराएको आशंका उठाएको छ। भदौ २४ का घटनाबारे अलगै अध्ययन आवश्यक रहेको भन्दै रिपोर्टले सुरक्षा निकायले त्यस्ता समूहलाई रोक्न पर्याप्त भूमिका नखेलेको बताएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र केही राजनीतिक समूहहरूको भूमिकाबारे अझै विस्तृत अनुसन्धान जारी रहेको  जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय