२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

सामाजिक सञ्जालमा गरेको एक स्टाटसले नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई विभागीय कारबाहीको दायरामा पुर्‍याएको छ। तीन डीआईजीको सरुवाबारे असन्तुष्टि जनाउँदै फेसबुकमा टिप्पणी गरेपछि प्रहरी हेडक्वार्टरले उनलाई कारबाही प्रक्रिया अघि बढाएको हो।

 डीआईजी सापकोटाको स्टाटस प्रहरी नियमावली २०७१, मिडिया नीति २०६० तथा आचार संहिता २०७७ विपरीत भएको ठहर गर्दै छानबिन सुरु गरिएको छ।

केही दिनअघि सरुवा सूचि सार्वजनिक भएपछि सापकोटाले फेसबुकमा ‘हम कभी नही सुध्रेङ्गे, नेपाल पुलिस डीआईजी पोस्टिङ’ भन्दै असन्तुष्टि पोखेका थिए। उनको यही अभिव्यक्तिलाई संगठनले अनुशासनविपरीत ठानेको छ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक पद, जिम्मेवारी र संगठनको कार्यप्रणालीबारे व्यक्तिगत टिप्पणी गर्नु नियमअनुसार निषेधित छ। त्यसैले उनीविरुद्ध विभागीय कारबाही अगाडि बढाइएको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय