२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन | फिफा विश्वकप २०२६ : आयोजक क्यानडा र बोस्नियाबीच अंक बाँडफाँड | काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक |

नेपाली फिल्म प्रेमीहरूका लागि नयाँ उत्साहका साथ आजबाट हलमा एकता पौडेलको डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’ प्रदर्शित भएको छ।

फिल्मको कथानक पारिवारिक जीवनमा आधारित छ र मुख्य भूमिकामा खगेन्द्र लामिछाने र वर्षा राउत रहेका छन्। त्यसबाहेक नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीले समेत अभिनय गरेका छन्।

अलोक शुक्लाको छायांकनमा बनेको फिल्मको संगीत समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काले तयार पारेका छन्। लोकेश बज्राचार्यले सम्पादन गरेका फिल्ममा सुनिल क्षेत्री र निर्देशक पौडेलले कोरियोग्राफी गरेका छन्।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको ब्यानरमा निर्माण भएको ‘हर्ष’को कथा स्वयं निर्देशक एकता पौडेलको हो। फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन्। निर्माण टिमका अनुसार देशभर हालसम्म करिब १ सय हलमा प्रदर्शन भइरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय