२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीले अघि सारेको एकीकरण प्रस्तावलाई औपचारिक रूपमा अनुमोदन गरेको छ। केन्द्रीय समितिको विशेष बैठकले सर्वसम्मत रूपमा प्रस्ताव स्वीकार गर्दै भोलि मंसिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा भव्य एकता घोषणासभा गर्ने निर्णय गरेको हो।

रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार एकता प्रक्रियालाई संस्थागत रूपमा अगाडि बढाउन पार्टीले आन्तरिक तयारी पूरा गरिसकेको छ। उनका अनुसार परिवर्तनकामी, सुशासनमुखी र जिम्मेवार राजनीतिक शक्तिहरूसँग सहकार्यलाई सुदृढ बनाउने रणनीतिअनुसार यो कदम उठाइएको हो।

बैठकले आगामी दिनमा असल शासन, पारदर्शिता र समुन्नतिको अभियानलाई लक्षित गर्दै समान विचार राख्ने राजनीतिक समूहहरूसँग मुद्दागत र संगठनात्मक तहमा सहकार्य विस्तार गर्ने निर्णय पनि गरेको छ। यसका लागि केन्द्रीय समितिको निर्देशनअनुसार पार्टी सचिवालयले गठन गरेको ‘संघीय नेतृत्व मञ्च’लाई आधिकारिक स्वीकृति प्रदान गरिएको झले बताए।

रास्वपा र विवेकशीलबीचको एकता घोषणाले समसामयिक राजनीतिक परिवेशमा नयाँ विकल्प खोजिरहेकाहरूको चासो बढाएको छ। भोलिको सभागृहमा हुने कार्यक्रमले दुवै दलको संयुक्त भविष्यको खाका पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय