२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सर्ने भएको छ। रास्वपाले यही कात्तिक १४ र १५ गते काठमाडौंमा बस्ने तय भएको विस्तारित बैठक सार्ने भएको हो।  रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकको तयारीका लागि समय नपुगेका कारण सार्न लागिएको हो।

शनिबार भर्चुअल रूपमा बसेको रास्वपा सचिवालय बैठकले त्यसबारेमा छलफल गरेको थियो।’विस्तारित बैठकमा सहभागिता बढाउने विषयमा कुराकानी भएको थियो। त्यसका लागि समय नपुग्ने भएकाले कात्तिक तेस्रो साता बस्नेगरी बैठक सार्नुपर्ने निष्कर्ष रह्यो,’ महामन्त्री बुर्लाकोटीले भने।

यसअघि विस्तारित बैठकमा केन्द्रीय समिति, सल्लाहकार परिषद् र पार्टी विभागका पदाधिकारी तथा जिल्ला सभापतिलाई सहभागी गराउने तय भएको थियो।  रास्वपा फागुन ७,८ र ९ गते पहिलो महाधिवेशन गर्ने तयारीमा थियो। तर फागुन २१ गते चुनाव हुनेगरी मिति घोषणा भएकाले महाधिवेशन सार्ने विषयमा विस्तारित बैठकले छलफल गर्नेछ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय