२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७५ नयाँ मतदान स्थल थपिने तयारी भएको निर्वाचन आयोगले जनाएको छ। पछिल्लो मतदाता वृद्धि र भूगोलअनुसार व्यवस्थापन आवश्यक देखिएको कारण अतिरिक्त मतदान स्थल आवश्यक परेको आयोगको उच्च स्रोतले बतायो।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र स्थापना गरिएको थियो। यसपटक करिब ८ लाख भन्दा बढी मतदाता थपिएसँगै मतदान स्थलमा ७५ को वृद्धि हुने तथा ती स्थलमा दोब्बर वा तेब्बरसम्म मतदान केन्द्र थपिन सक्ने अनुमान आयोगले गरेको छ।

स्रोतका अनुसार एक मतदान स्थलअन्तर्गत एकदेखि आठ मतदान केन्द्रसम्म रहने व्यवस्था छ। प्रत्येक केन्द्रमा १,०६४ जनासम्मले मतदान गर्न सक्ने प्रबन्ध हुँदै आएको छ। मतदान केन्द्रहरूको अन्तिम संख्या भने आगामी मंसिर २० गतेसम्म मात्रै टुंगो लाग्ने आयोगले स्पष्ट पारेको छ।

यसपालि नयाँ मतदाताको संख्या ८ लाख ३७ हजार ९४ पुगेको आयोगले जनाएको छ। यसमध्ये ३ लाख ४४ हजार ९१४ जनाले निर्वाचन कार्यालयमा बायोमेट्रिक दर्ता गरेका छन् भने ४ लाख ९२ हजार १८० जना राष्ट्रिय परिचयपत्रमार्फत दर्ता भएका हुन्।

सबै दर्ता कायम मानिएमा फागुन २१ को निर्वाचनमा मतदाताको कुल संख्या १ करोड ९० लाख ५ हजार ३१४ पुग्नेछ। मतदाता नामावली दर्ता खुलाउनुअघि कात्तिक १६ सम्म देशभर १ करोड ८१ लाख ६८ हजार २३० मतदाता मात्र रहेका थिए।

आगामी निर्वाचनमा बढ्दो मतदाता र सुरक्षित मतदान वातावरण सुनिश्चित गर्न आवश्यक तयारी तीव्र रूपमा भइरहेको आयोगले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय