२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७५ नयाँ मतदान स्थल थपिने तयारी भएको निर्वाचन आयोगले जनाएको छ। पछिल्लो मतदाता वृद्धि र भूगोलअनुसार व्यवस्थापन आवश्यक देखिएको कारण अतिरिक्त मतदान स्थल आवश्यक परेको आयोगको उच्च स्रोतले बतायो।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र स्थापना गरिएको थियो। यसपटक करिब ८ लाख भन्दा बढी मतदाता थपिएसँगै मतदान स्थलमा ७५ को वृद्धि हुने तथा ती स्थलमा दोब्बर वा तेब्बरसम्म मतदान केन्द्र थपिन सक्ने अनुमान आयोगले गरेको छ।

स्रोतका अनुसार एक मतदान स्थलअन्तर्गत एकदेखि आठ मतदान केन्द्रसम्म रहने व्यवस्था छ। प्रत्येक केन्द्रमा १,०६४ जनासम्मले मतदान गर्न सक्ने प्रबन्ध हुँदै आएको छ। मतदान केन्द्रहरूको अन्तिम संख्या भने आगामी मंसिर २० गतेसम्म मात्रै टुंगो लाग्ने आयोगले स्पष्ट पारेको छ।

यसपालि नयाँ मतदाताको संख्या ८ लाख ३७ हजार ९४ पुगेको आयोगले जनाएको छ। यसमध्ये ३ लाख ४४ हजार ९१४ जनाले निर्वाचन कार्यालयमा बायोमेट्रिक दर्ता गरेका छन् भने ४ लाख ९२ हजार १८० जना राष्ट्रिय परिचयपत्रमार्फत दर्ता भएका हुन्।

सबै दर्ता कायम मानिएमा फागुन २१ को निर्वाचनमा मतदाताको कुल संख्या १ करोड ९० लाख ५ हजार ३१४ पुग्नेछ। मतदाता नामावली दर्ता खुलाउनुअघि कात्तिक १६ सम्म देशभर १ करोड ८१ लाख ६८ हजार २३० मतदाता मात्र रहेका थिए।

आगामी निर्वाचनमा बढ्दो मतदाता र सुरक्षित मतदान वातावरण सुनिश्चित गर्न आवश्यक तयारी तीव्र रूपमा भइरहेको आयोगले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय