२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको कार्यक्रम मंसिर २० गतेदेखि औपचारिक रूपमा सञ्चालन हुने भएको छ। निर्वाचन आयोगले आइतबारदेखि समानुपातिक तर्फका सम्पूर्ण तयारी पूरा गर्दै निर्वाचन अधिकृतको कार्यालय आयोगको केन्द्रीय कार्यालय, कान्तिपथमा स्थापना गरिसकेको छ।

निर्वाचन कार्यतालिका अनुसार मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्म समानुपातिक सूचीमा भाग लिन इच्छुक राजनीतिक दलले निवेदन पेस गर्न सक्नेछन्। राजनीतिक दलहरूको सूची आयोगले मंसिर २४ गते सार्वजनिक गर्ने जनाएको छ।

आयोगका अनुसार पुस १३ र १४ गते समानुपातिक उम्मेदवारहरूको बन्दसूची पेस हुने छ भने माघ २० गते बन्दसूचीको अन्तिम प्रकाशन हुनेछ। आयोगले सचिव महादेव पन्थलाई समानुपातिकतर्फको निर्वाचन अधिकृत र सहसचिव यज्ञप्रसाद भट्टराईलाई सहायक निर्वाचन अधिकृतको रूपमा तोकेको छ।

समानुपातिक प्रतिनिधित्वअन्तर्गत जातीय, भौगोलिक, लैंगिकसहित विभिन्न समावेशी समूहको संरचना लक्षित गरिने आयोगले जनाएको छ। प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १६५ जना प्रत्यक्षतर्फबाट र ११० जना समानुपातिक प्रणालीमार्फत चयन हुनेछन्।

प्रत्यक्ष प्रणालीतर्फ उमेदवारी मनोनयन माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने आयोगले तय गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय