२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या | निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा | मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिदा, ३८ जना घाइते |

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा स्वदेश भित्रिएको विप्रेषण (रेमिट्यान्स) रु पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार साउन महिनामा मात्र विप्रेषण २९ दशमलव ९ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७७ अर्ब ४१ करोड पुगेको थियो।

भदौ महिनामा भने विप्रेषण ३३ दशमलव १ प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब ८ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसँग तुलना गर्दा अघिल्लो वर्षमा तीन महिनामा चार खर्ब ८ अर्ब ७७ करोड भित्रिएको थियो।

यस अवधिमा कूल वस्तु निर्यात ८९ दशमलव ६ प्रतिशतले बढेर रु ७२ अर्ब ७८ करोड पुगेको छ भने आयात १९ दशमलव ८ प्रतिशतले वृद्धि भई ४ खर्ब ६८ अर्ब ८ करोड कायम भएको छ। परिणामस्वरूप, समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा १२ दशमलव २ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड पुगेको छ।

चालु आवको पहिलो त्रैमासमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर २ खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ। अघिल्लो आवको सोही अवधिमा चालु खाता १ खर्ब १५ अर्ब ३६ करोड र शोधनान्तर १ खर्ब ८४ अर्ब ९९ करोड रहेको तथ्यांकले देखाउँछ।

विश्लेषकहरूले पहिलो त्रैमासको यी तथ्यांकलाई अर्थतन्त्रका लागि सकारात्मक संकेतका रूपमा लिएका छन्, विशेष गरी रेमिट्यान्स र निर्यात वृद्धि आर्थिक गतिविधि र मुद्रा प्रवाहमा बल थप्ने देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय