२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

बुढीगण्डकी जलविद्युत परियोजनामा ढिलाइ हुँदै आएको भन्दै प्रभावित क्षेत्र गोर्खा र धादिङका जनप्रतिनिधि तथा पूर्व जनप्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोजना तुरुन्त अघि बढाउन आग्रह गरेका छन्।

बुधबार प्रधानमन्त्री कार्यालयमा भएको भेटबारे नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिँदै, परियोजना लामो समयदेखि अलपत्र परेको कारण प्रभावित स्थानीयवासी असन्तुष्ट भएको उल्लेख गरे।

भट्टराईका अनुसार, प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग पनि भेट गरी बुढीगण्डकीलाई तत्काल गतिशील बनाउन आवश्यक पहल गर्न माग राखेको छ।

“गोर्खा र धादिङका जनता वर्षौँदेखि प्रतीक्षामा छन्। हामीले प्रभावित क्षेत्रका जनप्रतिनिधिको तर्फबाट प्रधानमन्त्री र अर्थमन्त्रीलाई परियोजना छिटो सुरु गर्नु आवश्यक छ भन्ने स्पष्ट संदेश दिएका छौँ,” भट्टराईले बताए।

उनले सरकारलाई बाँकी प्रक्रियाहरू छिटो टुंग्याई परियोजना कार्यान्वयनतर्फ अघि बढ्न आग्रह गरिएको बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय