२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा समानुपातिक तर्फ उम्मेदवारी दिन चाहने तर आर्थिक अभावले शुल्क बुझाउन नसक्ने सदस्यलाई कागजातसहित आवेदन दिन आग्रह गरेको छ।

पार्टीले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार मंसिर २२ भित्र मागिएका कागजातसहित शुल्क तिर्न नसक्ने स्थितिको वैध कारण पेश गर्नुपर्नेछ। सह–महामन्त्री विपीनकुमार आचार्यका अनुसार समानुपातिक सूचीका लागि तोकिएको ५० हजार रुपैयाँ शुल्क तिर्न कठिनाइ भएकाहरूलाई पनि आवेदन दिन छुट खुला राखिएको हो।

‘मंसिर २५ भित्र आवश्यक निर्णय गर्नुपर्ने भएकाले आर्थिक अभावका कारण शुल्क बुझाउन नसक्ने उम्मेदवारहरूले मंसिर २२ सम्म अनिवार्य कागजात पेश गर्नुपर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले यो प्रक्रिया अघि बढाएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय