२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरण अन्तिम मोडमा पुगेको छ, जहाँ कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स प्रतिष्ठाका लागि आमनेसामने भएका छन्। प्लेअफ सम्भावना समाप्त भइसके पनि दुवै टोली आजको खेललाई सम्मान जोगाउने अवसरका रूपमा हेर्दै छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित खेलमा जनकपुरले टस जितेर कर्णालीलाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेको छ। दुवै टोलीले यसअघि खेलेका छ खेलमध्ये एक–एक जित मात्र हात पारेका कारण यो खेल लिग चरणको औपचारिक समापनजस्तै बनेको छ।

यसैबीच, अन्य टोलीहरूको यात्रा स्पष्ट भइसकेको छ। सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरमा प्रवेश गरिसकेका छन् भने काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स एलिमिनेटर चरणका लागि तयार भएका छन्। आजको खेलले अंक तालिकामा ठूलो प्रभाव पार्ने छैन, तर प्रतिष्ठाको भिडन्त भने रोचक हुने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय