२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

लामो वार्ता, दबाब र निरन्तर छलफलपछि सरकार र जेन–जी आन्दोलनसँग सम्बन्धित समूहहरूले बुधबार साँझ सिंहदरबारमै १० बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। देशभर चर्चामा रहेको यो आन्दोलन अन्ततः औपचारिक सहमतिमा परिणत हुँदै राजनीतिक वृतमा नयाँ तरंग ल्याएको छ।

सम्झौतामा जेन–जी मुभमेन्ट अलायन्स, द काउन्सिल अफ जेन–जी (सुधन गुरुङ समूह) र जेन–जी फ्रन्ट (रक्षा बम समूह)का प्रतिनिधिहरू सहभागी रहे। विभिन्न माग र आन्दोलनका कारण उत्पन्न तनावलाई समाधानतर्फ लैजान यी समूहहरू र सरकार दुबै पक्षले ‘सहकार्य र संवाद’ मार्गलाई अपनाएको जनाइएको छ।

सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट शहिद परिवारका सदस्य भोजविक्रम थापाले हस्ताक्षर गरेको जनाइएको छ  ।

सम्झौतापत्रमा दुवै पक्षबीचका प्रमुख माग, अधिकार, संरक्षण, कानुनी प्रक्रियाको सुधार, आन्दोलनका क्रममा पक्राउ परेकाहरूको विषय तथा आगामी सहकार्यका ढाँचा समेटिएका छन्। सरकारका उच्च अधिकारीहरूका अनुसार यो १० बुँदे समझदारीले आन्दोलनको वैधता, युवाहरूको परिचय र उनीहरूले उठाएका मुद्दाहरूलाई सम्मान गर्ने संकेत दिन्छ।

सरकारका प्रतिनिधिहरूले यो सहमति ‘व्यवस्थित राजनीतिक संवादतर्फ जोड दिने ऐतिहासिक मोड’ भएको बताउँदै अब बाँकी विषयहरू चरणबद्ध रूपमा टुंग्याइने जनाएका छन्।

जेन–जी समूहका नेताहरूले आफ्नो आन्दोलनबारे सकारात्मक दृष्टिकोण देखाउँदै सरकारसँगको सहकार्यलाई ‘लामो सङ्घर्षको पहिलो सफलता’ भन्दै स्वागत गरेका छन् भने हस्ताक्षरपूर्व केही जेनजी युवाहरुले होहल्ल र विराध गरेका थिए ।

पूर्णपाठ सार्वजनिकसँगै अब देशभर यसको राजनीतिक प्रभाव र कार्यान्वयनतर्फको जिज्ञासा बढेको देखिन्छ।

हेर्नुहोस् पूर्णपाठ :

सम्झौता_पत्र_final,82-8-24-gramattically-edited-version-1765376179

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय