२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि आज हुने मतदानको समय परिवर्तन गरिएको छ। भृकुटीमण्डपमा आयोजना हुने मतदान अब दिउँसो ४ बजेदेखि सुरु हुने भएको छ।

पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएकाले समय सार्नुपरेको हो। भोटिङ मेसिनमा उम्मेदवारहरूको फोटो र विवरण प्रविष्ट गर्न अपेक्षाकृत बढी समय लागेकाले मतदान ढिला सुरु हुने निर्णय गरिएको उनले बताए।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिले मतदान गर्न करिब ३५ मिनेट समय लाग्ने अनुमान गरिएको छ। मतदान प्रक्रिया सम्पन्न भएको एकदेखि दुई घण्टाभित्र मतगणना सकी नतिजा सार्वजनिक गरिने तयारी छ।

यसअघि बिहानै मतदान हुने कार्यतालिका रहे पनि प्राविधिक तयारी पूरा गर्न समय आवश्यक परेपछि मतदान समय पुनः निर्धारण गरिएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय