२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

मधेश प्रदेशमा पुँजीगत खर्च झन्डै ठप्प हुँदा विकासका कामहरू संकटमा परेको भन्दै विभिन्न मन्त्रालयका अधिकारीहरू खुलेर आक्रोश व्यक्त गरिरहेका छन्। आर्थिक वर्षको चौथो महिना सकिँदासम्म पनि पुँजीगत खर्च एक प्रतिशतमै सीमित रहनु प्रदेश सरकारको अर्थ मन्त्रालयकै निष्क्रियता र ‘पीएलएमएस लक’ का कारण भएको मन्त्रालय मन्त्रालयका अधिकारीहरूको आरोप छ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका निमित्त सचिव रामकुमार खँगका अनुसार अघिल्लो वर्ष यतिबेलासम्म करिब २० प्रतिशत बजेट खर्च हुने गरेको अवस्थामा यस वर्ष तीन महिनादेखि पुँजीगत बजेट नै रोक्का गरिएको छ। “काम गर्न चाहेर पनि नसकेर बसेका छौँ,” उनले भने, “बजेट लकका कारण ठेक्का, निर्माणदेखि सामान्य काम पनि अघि बढ्न सकेको छैन।”

भौतिक पूर्वाधार विकास मन्त्रालय तथा शिक्षा–संस्कृति मन्त्रालयका अधिकारीहरू पनि त्यस्तै पीडा सुनाउँछन्। शिक्षा मन्त्रालयका निमित्त सचिव दिलिप ठाकुरले त अर्थ मन्त्रालयको व्यवहारले निराश भएर टिप्पणी गर्नै नमाने।

अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले भने बजेट रोक्का बारे कुनै स्पष्टीकरण दिन अस्वीकार गर्दै “पछि कुरा गर्छु” भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको अन्य अधिकारीहरूको भनाइ छ।

गत वर्ष पनि मधेश सरकारले ‘मार्गनिर्देशन’ को नाममा बजेट रोक्का गरेर विकासका कामहरू चैतमा गएर मात्रै खुलाएको थियो। यस वर्ष कहिले खुल्ने भन्ने टुङ्गो नलागेपछि मन्त्रालयका सचिवहरू अभिभावकविहीन झैँ अनिश्चिततामा छन्।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका तथ्यांकअनुसार यस वर्ष पुँजीगततर्फ विनियोजित ३० अर्ब २६ करोडमध्ये कात्तिक मसान्तसम्म खर्च भएको रकम जम्मा ४० करोड ३५ लाख मात्र छ अर्थात् एक प्रतिशत। धेरै मन्त्रालयको खर्च शून्य वा न्यून अवस्थामा छ, जसले बजेटको प्रभावहीनता प्रष्ट देखाउँछ।

विकास निर्माणका कामहरू रोकिँदा प्रदेशका योजना प्रभावित भएका छन्। स्थानीय तहदेखि मन्त्रालयसम्म बजेट खर्च नहुनुले आर्थिक गतिविधि सुस्त बनाएको छ। अधिकारीहरूको प्रश्न एउटै छ विकास अघि बढाउने बजेट नै लक गरेर मधेश कसरी अगाडि बढ्ला ?

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय