२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपाल सहभागी नहुने भएका छन्।

भक्तपुरको सल्लाघारीमा केहीबेरमा सुरु हुन लागेको उद्घाटन सत्रमा उनीहरू उपस्थित नहुने निश्चित भएको हो। प्रचण्ड र माधव नेपाल दुवै हाल पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्न सुर्खेत पुगेका छन्।

नेपाली कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गर्दै महाधिवेशन उद्घाटन सत्रमा नेता देव गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार पार्टीको तर्फबाट औपचारिक मन्तव्य देव गुरुङले राख्नेछन्।

एमालेले उद्घाटन समारोहका लागि नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीसहित १६ वटा राजनीतिक दललाई निमन्त्रणा गरेको थियो। विभिन्न दलका शीर्ष नेताहरूको सहभागिताबीच महाधिवेशन उद्घाटन हुने एमालेले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय